
चलचित्र निर्देशक समाजको कार्यसमितिमा रहेका आधा दर्जन पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्यसमितिमा रहेका ६ जना पदाधिकारीले वैशाख १२ गते निर्देशक समाजको कार्यालयको दर्ता नम्बर ३३ मा राजिनामा पत्र दर्ता गराएका छन् ।

‘सुनगाभा’ निर्देशक सुवर्ण थापाले ‘फन्को’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । ‘सुनगाभा’ मा समलिङ्गी युवतीको विषयलाई उठान गरेका निर्देशक थापाले ‘फन्को’ को विषयवस्तु भने गोप्य राखेका छन् ।

काठमाण्डौस्थित चावहिलको गोपिकृष्ण हलबाट फिल्म ‘कवड्डी’लाई उतारिएको छ । निर्माण युनिट र वितरक संस्था पपकर्न पिक्चर्सले ‘कवड्डी’लाई पहिलो शो पश्चात गोपिकृष्ण हलबाट उतारेको हो ।

म्यूजिक भिडियो मोडल एवं भिजे छुल्ठिम गुरुङ फिल्म ‘नोभेम्वर रेन’ मार्फत नेपाली फिल्मकी सदस्य भएकी छिन् । डल्ली नामको चञ्चले भूमिका निभाएकी छुल्ठिमको ‘नोभेम्वर रेन’ यही वैशाख १२ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ । ‘डल्ली’ छुल्ठिमको अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् ।

‘कमला’ नाम दिएर हरर फिल्मको छायाँकन सुरु गरिएको छ । समिर मियाँ निर्देशित ‘कमला’ मा अभिनेता सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । हरर फिल्मको छायाँकन काठमाडौंमा र चरिकोटमा हुने निर्देशक मियाँले फिल्मीखबरलाई जानकारी दिए ।

वैशाखमा १२ मा प्रदर्शन हुने दुई फिल्म ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ लाई हलको समस्या पर्ने भएको छ । दुई साता अघिबाट प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल २’ ले हल ओगट्दा यी दुई फिल्म मारमा पर्ने भएका हुन् ।

