Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रपति भवनमा फिल्म अवार्ड र रात्री भोज हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/16
असार १६ गते सोमबार साँझ राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड हुने भएको छ । लामो समयको पर्खाइपछि यो अवार्डको मिति टुँगो लागेको हो ।
 
विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले शितल निवासमा हुने अवार्डको औपचारिक जानकारी दिए । उनले भने, ‘हामी अवार्डको पूर्व तयारीमा व्यस्त छौं । असार १६ बाट अवार्ड पर सर्दैन । राष्ट्रपति रामवरण यादवको हातबाट अवार्ड बाँडिनेछ ।'
 
 
जुरीले सदस्यले अवार्ड विजेताको अन्तिम तालिका निकाल्दैछ । राष्ट्रिय चलचित्र अवार्डमा वर्ष ६७, ६८, ६९ र ७० सालमा प्रदर्शन भएका फिल्म समावेश हुँदैछन् । असार १६ गते राष्ट्रपति भवनमा अवार्ड सहित रात्री भोज पनि आयोजना हुनेछ । करिब एक सयको हाराहारीमा फिल्मकर्मी सहित सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वलाई राष्ट्रपति भवनमा उपस्थित गराउने विकास वोर्डको योजना छ ।
Most Visited News (monthly)