Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बेपत्ता आमा नफर्केपछि दाहसंस्कार

फिल्मीखबर, काठमाण्डौ, 2014/06/17
एक वर्ष अघि भारतको केदारनाथ मन्दिरमा दर्शन गर्न जाँदा बाढीमा परी बेपत्ता भएकी आमाको निर्माता सुनिल कुमार थापाले दाहसंस्कार गरेका छन् । पशुपती आर्यघाटमा कुशको शव बनाई उनले आमाको अन्तिम दाहसंस्कार गरेका हुन् । 
 
 
 
सुनिलले १३ दिन नै आमाको जुठो बार्ने बताए । उनले भने, ‘एक वर्षसम्म आमा फर्कने आश थियो । खोजी गर्दा र चारैतिर खबर छोड्दा पनि सम्पर्कमा नआएपछि आमाको अन्तिम दाहसंस्कार गरेका हौं ।’ गत वर्षको असार ३ गते निर्माता थापाकी ८४ वर्षिया आमा सहित अन्य नेपपाली केदारनाथको बाढीमा परी बेपत्ता भएका थिए ।
 
  
आमाको १३ दिने काजकिरिया पछि होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को पूर्व तयारीमा जुट्ने निर्माता थापाले बताए । भदौमा छायाँकन थालिने यो फिल्मलाई सुनिल पत्नी अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन् ।
Most Visited News (monthly)