Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बर्षा, विश्वकप र चर्को घाममा नेपाली फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/06/17
बर्षा अनि चर्को घाम । बर्षा र चर्को घाममा जारी विश्पकप फुटबलको चर्चा । शहर अहिले दिनमा चर्को घाम अनि रातमा जारी बिश्वकप फुटबलमय बनेको छ ।
 
 
बेला बेलाको बर्षा, चर्को घाम र जारी विश्वकप फुटबलले चर्काएको माहोलमा पनि फिल्म सुटिङ, प्रदर्शन एवं प्रवद्र्धनको कार्य भने रोकिएको छैन । ‘मुखौटा’ फिल्म प्रदर्शनरत छ । यो फिल्मको व्यापारलाई मौसम, खेल अनि प्रतिक्रियाले प्रभाव पारिरहेको छ । प्रदर्शनरत फिल्मको हालत ठिक नभएपनि फ्लोरमा भने फिल्मको संख्या कम छैन । 
 
करिब १० वटा फिल्म हाल फ्लोरमा छन् । देशका विभिन्न स्थानमा यी फिल्मको धमाधम सुटिङ चलिरहेको छ । छवि ओझाको फिल्म ‘हवल्दार सुन्तली’ को छायाँकन काठमाण्डौमा चल्दैछ । हेटौंडाको चर्को घाममा सुटिङ गरेर ‘हवल्दार सुन्तली’ युनिट सोमबार मात्रै राजधानी फर्किएको छ । त्यस्तै अभिनेत्री करिश्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘हिरोज’ को पोखरामा छायाँकन चल्दैछ । फिल्मलाई एनबि महर्जनले निर्देशन गर्दैछन् ।
 
यस्तै आर्यन सिग्देल अभिनित फिल्म ‘अल्बिदा’, दिलिप रायमाझी अभिनित ‘गोरे’, सुवर्ण थापा निर्देशित ‘फन्को’ गरी झन्डै दश वटा फिल्मको छायाँकन चल्दैछ । असार १५ सम्म करिब आधा दर्जन फिल्म फ्लोर पस्ने तयारीमा छन् । 
Most Visited News (monthly)