Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलोचित `मुखौटा`का सौगातको प्रशंसा | अर्पणको फेसबुक डिएक्टिभ

फिल्मीखबर, काठमाण्डौ, 2014/06/16
फिल्मको व्यापार, प्रस्तुती र प्रतिक्रिया आफ्नो ठाउँमा छ । प्रदर्शनरत फिल्म ‘मुखौटा’ बाट अभिनेता सौगात मल्लले भने थप चर्चा तथा प्रशंसा पाउन सफल भएका छन् । ‘मुखौटा’ मा यदि कुनै कलाकारको अभिनयको चर्चा हुन्छ भने त्यो कलाकार सौगात मल्ल हुन् ।
 
सौगातले ‘मुखौटा’ मा धनाड्य बाउको गुन्डागर्दी गर्ने सन्तानको भूमिका निभाएका छन् । टाटेपाटे कपाल, काटिएको ओठ र आँखा छेडिएको गेटअपमा सौगात डरलाग्दो तवरले फिल्ममा प्रस्तुत भएका छन् । जब सौगातले डायलग बोल्न सुरु गर्छन् हलमा सिटी र तालीको पर्रा छुट्छ । सम्भवत ‘लुट’ पछि सौगातले यस प्रकारको भूमिका पहिलो पटक पाएका हुन् । 
 
'मुखौटा’ को व्यापार बम्परको नहुँदा सौगातको उक्त भूमिकाले पाउनु पर्ने जति उचाइ भने पाएन । यस्तै अभिनेत्री हर्षिका श्रेष्ठको अभिनयको पनि प्रशंसा गरिएको छ । प्रचार प्रसार र प्रोमोले प्रतिक्षित बन्न पुगेको फिल्म ‘मुखौटा’ को व्यापार सोचे भन्दा निकै न्यून हुन् गयो । जारी विश्वकप फुटबले ‘मुखौटा’ को व्यापारलाई  प्रभावित तुल्याएपनि फिल्मको प्रस्तुतीकरणले दर्शकलाई हलसम्म तान्न नसकेको सबैतिर चर्चा छ । 
 
यता फिल्मबाट नकारात्मक प्रतिक्रिया पाएपश्चात निर्देशक थापाले फेसबुक अकाउण्ट नै बन्द गर्नु परेको चर्चा छ । उनले के कारणले फेसबुक अकाउण्ट डिएक्टिभ गरे त्यो उनी नै जानुन् तर भन्नेहरू भन्छन्, 'अर्पणले आलोचना सुन्न नसकेर फेसबुक नै बन्द गरे ।'
 

 

Most Visited News (monthly)