
नेपाल चलचित्र द्धन्द्ध कलाकार संघमा नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिमा नि.वर्तमान अध्यक्ष योगेन्द्र श्रेष्ठ अत्यधिक मतले दोस्रो पटक निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी सूर्य थोकरसँग ४१ मतान्तरले योगेन्द्र विजयी भए ।

अभिनेता अर्पण थापाले निर्देशन गरेको फिल्म 'मुखौटा'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो टिजरबाट नै दर्शकको ध्यान तान्न सफल यो फिल्मको प्रस्तुत ट्रेलरले पनि ध्यान तान्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा नेपाली फिल्मको व्यापारले गति लिएको छ । फिल्म हलमा देखिएको मानिसको भीड र कलेक्सनले यस्तो देखाएको हो । फिल्म निर्माता, वितरक र हलवालाहरुले पनि व्यापार बढेको बताएका छन् ।

‘भूपेन र म एउटै कलेजमा पढ्छौं । एउटै कलेजमा पढ्ने हामीमा प्रेम बस्छ,’ अनामनगरको एउटा क्याफेमा अभिनेत्री सौजन्य सुब्बाले अभिनेता भूपेन चन्द र आफुबिच पर्दामा भएको प्रेमको पोको फुकाइन् । सौजन्यले सम्झिएजति प्रेमका प्रसंगहरु यसरी खोलिन्, ‘ऊप्रति मेरो प्रेम भएपनि म व्यक्त गर्न सक्दिन । मलाई लाग्छ उसले प्रेम प्रस्ताव राखिदिओस् ।’

वैशाख १२ गतदेखि काठमाण्डौ तथा मोफसलका पर्दाबाट एकसाथ प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ को सुरुवाती व्यापार सुखद देखिएको छ । ‘नोभेम्वर रेन’ को शुक्रबारको व्यापारलाई वितरकले ‘ग्रान्ड ओपनिङ’ भनेका छन् ।

अभिनेता तथा निर्माता बिरेन श्रेष्ठले फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मीखबरसँग बिरेनले भने, ‘मसँग तीन वटा स्क्रिप्ट छन् । चाँडै नै यी तीन मध्ये एउटा स्क्रिप्ट फाइनल गर्छु ।’

