यो शुक्रबार एउटा मात्रै नेपाली फिल्म प्रदर्शनमा आउँदैछ । दयाराम दाहाल निर्देशित ‘मिसन फोर ट्वान्टी’ काठमाण्डौं र मोफसलको पर्दामा एकसात प्रदर्शन हुनेछ ।

निर्देशक दाहालले ‘मिसन फोर ट्वान्टी’ नारी हिंसा विरुद्धको फिल्म भनेका छन् । नारी माथि हुने अन्याय र अत्याचारलाई फिल्ममा देखाइएको छ । सुमन सिंह, निर्मल सेन्चुरी, महिमा सिलवाल लगायत कलाकारको फिल्ममा अभिनय छ । फिल्ममा रोमान्स, धोका अनि एक्सनको मज्जा लिन सकिन्छ ।
‘मिसन फोर ट्वान्टी’ लाई कुमार विष्टले निर्माण गरेका हुन् । झन्डै बीस वर्ष रंग पत्रकारिता गरेका निर्माता विष्टले फिल्मले दर्शकको साथ पाउने अपेक्षा गरेका छन् । गत साता पदर्शनमा आएको ‘मुखौटा’ ले सोचे अनुरुपको व्यापार गर्न नसक्दा ‘मिसन फोर ट्वान्टी’ लाई हलको व्यवस्था राम्रै हुने देखिएको छ । यद्पी जारी विश्वकप फुटबल अवधीभर भने नेपाली फिल्मको व्यापारमा जोखिम कायमै छ ।

