Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पान परागले `लुटेरा` बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/19

‘पान पराग’ उप नामले चिनिने वितरक गोपाल कायस्थ फिल्म निर्माणमा उत्रिएका छन् । निर्देशक सविर श्रेष्ठलाई लिएर वितरक कायस्थले ‘लुटेरा’ नामक फिल्म निर्माणमा जुटेका हुन् ।


‘लुटेरा’ को यतिबेला शिवम अधिकारीले स्क्रिप्ट लेखिरहेका छन् । सविरको ‘तथास्तु’ सकेपछि भदौको पहिलो सातातिर छायाँकन गर्ने वितरक कायस्थको लक्ष्य छ । एक्सन शैलीको फिल्ममा निखिल उप्रेती र जीवन लुइँटेल सम्भावित कलाकार हुन् । फिल्मको संगीत बसन्त सापकोटाले दिनेछन् ।

विगत तीस वर्षदेखि नेपाली फिल्म क्षेत्रमा संलग्न हुँदै आएका गोपाल कायस्थले फिल्म निर्माणको कारण बारे भने, ‘खास नेपाली फिल्म नै बनिरहेको छैनन् । वर्षमा एक दुई वटा नेपाली फिल्म बनेर भएन । ख्याल ख्यालमै फिल्म बनिरहेका छन् । यो अभावलाई पूरा गर्न फिल्म निर्माणमा हात हालेको हुँ ।’

 यसअघि केही फिल्ममा सह लगानी गरेका गोपालले ‘लुटेरा’ मा ६० लाखसम्म लगानी लगाउँदैछन् । यसमा उनको सोलो लगानी रहनेछ । गोपाल कायस्थ ‘पान पराग’ ले ‘लुटेरा’ बाट दर्शकको पैसा लुट्लान् ?

Most Visited News (monthly)