Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`इगो`ले निर्देशक बने राई

फिल्मीखबर, काठमाण्डौ, 2014/06/19
एक सय बढी नेपाली फिल्ममा नृत्य निर्देशन गरेका गोविन्द राई फिल्म निर्देशक भएका छन् । उनले निर्देशन गरेको ‘नागबेली’ फिल्म यही असार २७ गते देशभरबाट प्रदर्शनमा आउँदैछ । 
 
विदेश जान बाध्य नेपाली युवाको पीडालाई निर्देशक राईले ‘नागबेली’मा देखाएका छन् । नृत्य निर्देशक राईले किन फिल्म निर्देशनमा हात बढाए त ? फिल्म निर्देशन गर्नुको कारण बारे राईकै शब्द शैलीमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।
 
मान्छेको सपना फराकिलो हुँदै जान्छ । मैले देखेका सपना मध्ये फिल्म निर्देशन गर्ने मेरो ठूलो सपना थियो । उमेर ढल्किंदै गएपछि त नाच्न सकिदैन । नाच्न नसकेर यो क्षेत्रबाट पलायन भएपछि मलाई मान्छेहरुले बिर्सिन्छ । यो क्षेत्रमा बस्नु बाहेक मेरो अरु उपाय नै छैन ।
 
सुरज सुब्बा नाल्बोले निर्देशन गरेको ‘माइ प्रमिस’ भन्ने फिल्मको सुटिङको लागि म सिङ्गापुर गएको थिएँ । नेपालबाट सिङगापुर गएपछि निर्देशक नाल्बोले मप्रति फरक व्यवहार गर्नुभयो । उहाँले मलाई अलि खल्लो व्यवहार गर्नुभयो । मप्रति रुष्ट हुनु भयो । उहाँको व्यवहारबाट म दुःखी भएँ । एक सय बढी फिल्ममा नृत्य निर्देशन गरिसकेको मलाई उहाँले ‘डोमिनेट’ नै गर्नुभयो । 
 
मैले त्यहाँबाटै निर्देशक बन्ने दृढ विश्वास लिएर आएँ । खासमा भन्नु पर्दा ‘इगो’ ले मलाई फिल्म निर्देशक बनायो । म सुरज सुब्बालाई धन्यावाद दिन चाहन्छु जसले ममा ‘इगो’ भरिदिनु भयो र म फिल्म निर्देशक बन्न सफल भएँ ।’
Most Visited News (monthly)