Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.64/5.00)
Text size:-
+
-

दार्जीलिङमा सुटुक्क सुटिङ सकेर काठमाण्डौमा नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2014/06/19
अभिनेत्री नम्रता श्रेष्ठको व्यस्तता बढ्दो छ । ‘नोभेम्वर रेन’ को व्यवसायिक सफलताबाट हौसिएकी नम्रताले सुटुक्क एउटा फिल्मको छायाँकन सकेकी छिन् । प्रशान्त रसाईली निर्देशित फिल्मको दार्जीलिङमा छायाँकन सकेर नम्रता यसै साता मात्रै काठमाण्डौ फर्किएकी छिन् । 
 
फिल्मको शिर्षक, विषयवस्तु एवं अन्य जानकारी अहिले नै सार्वजनिक गर्न नमिल्ने नम्रताले बताइन् । उनले भनिन्, ‘एक हप्ता भित्र फिल्मको सबै जानकारी आउँछ ।’ दार्जीलिङमा दश दिन उक्त फिल्मको छायाँकन गरिएको नम्रताले बताइन् ।
 
नम्रता यसै साताबाट ‘अधकट्टी’ फिल्मको छायाँकनमा व्यस्त हुँदैछिन् । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको यो फिल्ममा नम्रताले केही दृश्य र एउटा गीतमा नृत्य पस्कदैछिन् । 
 
आउँदो भदौ ६ मा नम्रता अभिनित ‘ताण्डव’ र ‘जिन्दावाद’ प्रदर्शन हुने चर्चा छ । हाल पोस्ट प्रोडक्सनमा रहेका यी दुबै फिल्म नम्रताका लागि महत्वपूर्ण छन् ।
 
Most Visited News (monthly)