Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

ऋचा सिंहको यही साता बिहे

फिल्मीखबर, काठमाण्डौ, 2014/06/18
अभिनेत्री ऋचा सिंह ठकुरी पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग ऋचाले बिहे गर्ने भएकी हुन् । विराटनगरका स्थायी थापासँग ऋचाको यही असार ६ गते शुक्रबार मागी पछिको प्रेम बिहे हुँदैछ ।
 
 
बेहुला र बेहुली पक्षले असार ७ गते नयाँ बानेश्वरको ईन्द्रेणी बैक्याटमा भोज दिंदैछन् । दुवै पक्षले आफन्त, फिल्मकर्मी तथा सञ्चारकर्मी समक्ष बिहे भोजको निमन्त्रणा कार्ड पुर्याइसकेका छन् । निम्तालु फिल्मकर्मी र सञ्चारकर्मीको संख्या भने न्यून रहेको बुझिएको छ ।
 
ऋचाले झन्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘नाइँ नभन्नू ल’, ‘म तिम्रो भैसकें’ जस्ता ऋचाका चर्चित फिल्म हुन् । पछिल्लो समय ऋचा फिल्ममा त्यती व्यस्त छैनन् । सम्भवत उनी अब फिल्म क्षेत्रबाट टाढै रहनेछिन् ।
 
वर्ष ०७१ सालमा ऋचासँगै अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का तथा निर्देशक तथा कलाकार अनुप बराल र अभिनेत्री दीया मास्केको बिहे हुँदैछ । राजेश हमाल र आर्यन सिग्देलले यसै वर्ष बिहे गरि सकेका छन् ।
Most Visited News (monthly)