पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको लागि कलाकारलाई भेला पारेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पूर्व प्रधानमन्त्री भट्टराईले असार ४ गते बुधबार साँझ सानेपास्थित ग्रीनविच होटलमा नयाँ शक्ति निर्माण बारे दर्जन बढी कलाकारसँग अनौपचारिक अन्र्तक्रिया गरे ।
ए।माओवादी पार्टी भित्रै नयाँ शक्ति निर्माणको बहस चलाइ रहेका बाबुरामले राज्य तथा राजनीतिक दललाई घच्घच्याउने छुट्टै शक्ति आवश्यक रहेको औल्याए । अन्र्तक्रियामा सहभागी कलाकार दिपकराज गिरीले भने, ‘नयाँ बन्ने संविधानमा फिल्म क्षेत्र र कलाकारको भावनालाई समेट्ने बारे उहाँले चासो लिनुभयो । नयाँ शक्तिको आवश्यकता बारे पनि उहाँले छलफल चलाउनु भयो ।’
पूर्व प्रधानमन्त्री भट्टराईले डाकेको अन्र्तक्रियामा ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यदेखि कलाकारहरु श्रीकृष्ण श्रेष्ठ, आर्यन सिग्देल, प्रियंका कार्की, सिताराम कट्टेल ‘धुर्मुस’, रंगकर्मी सुनिल पोखरेल, अनुप बराल, फिल्मकर्मी प्रदिप उदय, नकिम उद्धिन लगायत सहभागी थिए । फिल्मकर्मी अशोक शर्माले उक्त अन्र्तक्रिया कार्यक्रमको संयोजन गरेका थिए । साँझ ६ बजेदेखि सुरु भएको उक्त अनौपचारिक अन्र्तक्रिया ९ बजेसम्म चल्यो । अन्र्तक्रियामा सहभागी त्यसपछि रात्री भोजमा सरिक भएका थिए ।
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-
नयाँ शक्ति निर्माण गर्न बाबुरामले पारे कलाकार भेला
फिल्मीखबर, काठमाण्डौ, 2014/06/19
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

