Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17833 - 17838 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको दोश्रो फिल्म ‘कोहिनूर’ आउँदो साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । श्रीकृष्ण र श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’ लाई पनि साउनमै प्रर्दशन गरिएको थियो । जुन फिल्मले सर्वाधिक व्यापार गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

अभिनेत्री करिश्मा मानन्धर एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । ‘कान्छी मट्याङ ट्याङ’ नामक फिल्ममा अभिनेत्री मानन्धर महत्वपूर्ण भूमिकामा देखिने भएकी हुन् । ‘कान्छी मट्याङ मट्याङ’ लाई कलाकार पुरन थापाले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

केहि समय अगाडी मात्रै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले 'इनास फिल्म अवार्ड'को दोस्रो संस्करण नेदरल्याण्डमा सम्पन्न गर्यो । यहि संस्थाको प्रतिश्पर्धी मानिएको अन्तर्राष्ट्रिय कलाकार मंच यूरोपले पनि फिल्म अवार्ड गर्ने घोषणा गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-05-06, मंगलवार

आफ्नो पहिलो निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’मा झरनाले आफ्नै छोरीलाई किन हिरोइन बनाउन चाहिनन् ? उनी भन्छिन्, ‘छोरीलाई अभिनयमा ईच्छा नै छैन ।’ ए लेभलको अन्तिम वर्षको अध्ययनमा रहेकी आफ्नी १७ वर्षिय छोरीको इच्छा पाइलट बन्ने रहेको झरनाले सुनाइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-06, मंगलवार

'एउटा कलाकारको लागि हरेक फिल्म प्रिय हुन्छ । तरपनि म भन्छु ‘हँसिया फिल्म पृथक छ । पृथक यस मानेमा कि यो फिल्मले तपाइँलाई बाँध्न सक्छ । ‘हँसिया’ थ्रिलर फिल्म हो तर फिल्म हेर्दा दर्शक बाँधिन्छन्,' हमालले भने- 'लण्डनमा सम्पन्न प्रिमियरमा सहभागीले ‘हँसिया’लाई अत्यन्तै मन पराउनु भयो । नव निर्देशक मिलन चाम्सले ‘हँसिया’लाई अत्यन्तै राम्रो बनाउनु भएको छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-05-06, मंगलवार

निर्माता एवं कलाकार निर्मल शर्मा निर्देशनमा फिल्म ‘चकलेट’ को निर्माण हुँदैछ । अभिनेत्री पूजना स्त्रीको लगानीमा टेलिफिल्म ‘तीतो सत्य’ का गैंडाले पहिलो पटक फिल्म निर्देशन गर्ने भएका हुन् ।

Results : 17833 - 17838 of 24017