
दर्शकले प्रत्यक्ष रुपमा चिन्ने कलाकारले आफ्नो फिल्मबारे बोल्दा बढी प्रभावकारी हुन्छ । दर्शकलाई फिल्म हलसम्म तान्न फिल्मको गीत, प्रोमो तथा कलाकारले सञ्चारका माध्यममा गर्ने अन्र्तक्रियाको मुख्य हात हुन्छ । तर, यही आउँदो शुक्रबार जेठ २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म 'दमदार'को प्रचार प्रसारमा शिर्ष कलाकारको सहभागिता शून्य जस्तै देखिएको छ ।

व्यवसायिक सफलता पाएपश्चात नेपाली फिल्म ‘नोभेम्बर रेन’को टिम पोखरा आईपुगेको छ । ‘फिभर नोभेम्बर रेन’ नाम दिएर प्रचारप्रसारमा निस्किएको टोलीले शनिबार विहान ताल नगरीमा संचारकर्मीहरुसंग भेटघाट गर्यो ।

दोश्रो प्रोमोमा समावेश एउटा अश्लिल शब्दका कारण ‘मुखौटा’ युनिट यतिबेला प्रश्नको घेरामा बाँधिएको छ । अडियो लञ्च गर्न आयोजना गरिएको प्रेसमिटमा पनि प्रोमोमा समावेश अश्लिल शब्दको प्रयोग बारेको जिज्ञासाबाट ‘मुखौटा’ युनिट पन्छिन पाएन ।

'कागबेनी' पश्चात फिल्म निर्देशनमा सक्रिय नदेखिएका भुषण दाहालले 'रेड मनसून' नामक फिल्मको ओएसटी भिडियोको निर्देशन गरेका छन् । लोपोन्मुख नेपाली बाजाको प्रयोग गरेर निर्माण गरिएको उक्त गीत सार्वजनिक गरिएको छ ।

नेपाल अफ्रिका फिल्म फेस्टिवलको चौथो संस्करण आयोजना हुने भएको छ । आउँदो जेठ ६ देखि ८ गतेसम्म राजधानीको रसियन कल्चरल सेन्टरमा उक्त फेस्टिभल आयोजना हुनेछ । पहिलो संस्करणदेखि नै आयोजना गर्दै आएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन ‘सिजेएमसी’ ले चौंथो संस्करण पनि आयोजना गर्दैछ ।

अभिनेता सौगात मल्ल ड्राइभर बन्ने भएका छन् । फिल्म ‘फन्को’ मा अभिनेता मल्लले जिप ड्राईभरको भूमिका निभाउने भएका हुन् । फिल्मी पात्रको लागि एक साता जिप चलाउने अभ्यास समेत लिएको सौगातले बताए ।

