यो शुक्रबार असार २० गते फिल्म ‘अनौठो प्रेम कथा’ प्रदर्शनमा आउँदैछन् । कञ्चन शाही यो फिल्मका ‘वान म्यान आर्मी’ हुन् । उनले फिल्मको विभिन्न १७ वटा विधा सम्हालेका छन् ।
कञ्चन शाहीले ‘अनौठो प्रेम कथा’को निर्देशन, सम्पादन, नृत्य निर्देशन लगायत अन्य विधा एक्लैले सम्हालेका छन् । फिल्ममा उनकै मुख्य अभिनय छ । कञ्चनलाई अभिनयमा सुस्मा अधिकारी, सन्तोष ओली, निरञ्जन थापा र सपना तण्डुकारले साथ दिएका छन् । सुशान्त सिंह, सर्मिला शाही र पुष्पराज शाहीको फिल्ममा संयुक्त लगानी छ ।
‘अनौठो प्रेम कथा’ काठमाण्डौ र मोफसल गरी झन्डै चालिस वटा हलमा प्रदर्शन हुदैछ । प्रेम कहानीको कथा बोकेको यो फिल्मसँग अर्को फिल्म ‘चिहान’ प्रदर्शन हुँदैछ । यो फिल्ममा निरज बराल अनि पुजना स्त्रीको मुख्य अभिनय छ । प्रचार प्रसारमा ‘चिहान’ युनिट त्यति देखिएको छैन ।

