Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

भ्यालेन्टाइन डेमा `अधकट्टी`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/03
सञ्चारकर्मी सुब्रत आचार्यले पहिलो पटक निर्देशन गरेको फिल्म ‘अधकट्टी’ भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । भ्यालेन्टाइन डेको एक दिन अघि फागुन १ गते 'अधकट्टी' प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।
 
 
फिल्म रिलिजकै साता शिवरात्री, प्रजातन्त्र जस्ता सार्वजनिक बिदा परेका छन् । सार्वजनिक बिदाका दिनहरु फिल्मको लागि फलदायी मानिन्छन् । यहि फलदायी हुने आशले निर्माता प्रदीप उदयले उक्त मिति रोजेका हुन् । फिल्मलाई उनकै वितरण कम्पनी एफडीले वितरण गर्नेछ ।
 
कमेडी कथाको ‘अधकट्टी’ मा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, गजित विष्ट, नम्रता श्रेष्ठ लगायतको अभिनय छ । संगीतकार प्रदीप बाँस्तोलाले ‘अधकट्टी’बाट नायकको रुपमा डेब्यू गर्दैछन् । 
 
हाल पोष्ट प्रोडक्सनको कार्य भैरहेको ‘अधकट्टी’मा हरि लामाको क्यामेरा एवं रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ । संगीत राजन इशानको संगीत रहेको यो फिल्ममा बसन्त सापकोटा अतिथी संगीतकार बनेका छन् । कविराज गहतराज र गम्भिर विष्ट फिल्मका नृत्य निर्देशक हुन् ।
Most Visited News (monthly)