अभिनेता सुवास थापाले आफ्नो लगानी रहेको पहिलो फिल्म ‘बिर्खेलाई चिन्छस्’ नेपाली माटोलाई सुहाउँदो रहेको बताएका छन् । अभिनेता हुँदै निर्माता बनेका सुवासले भने, ‘फिल्मले दर्शकलाई आशा र खुसी दिनेछ ।’
.jpg)
अनामनगरस्थित मण्डला नाटक घरको प्रेसमिटमा बोल्दै अभिनेता एवं निर्माता थापाले आफ्नो स्क्रिप्टमा फिल्म नबन्नुको कारण पनि खुलाए । उनले भने, ‘आफ्नै लगानीमा जोखिम लिन चाहिन । फिल्ममा कर्मसियल भ्यालुलाई पनि महत्व दिइएको छ ।’ फिल्मको शिर्ष भूमिकामा सुवास स्वयम् छन् ।
लेखक जगदिश्वर थापाले फिल्म ‘बिर्खेलाई चिन्छस्’ ले साधारण व्यक्तिको कथालाई भन्ने बताए भने निर्देशक अराज केशवले फिल्म आम दर्शकका लागि बनाएको छोटो भनाई राखे । फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा निर्माता सुवास थापासँगै आयुशा राई, बिनिता खड्का, सुरेश उप्रेती, बालदिप राई, सुरविर पण्डित, शिशिर राणा, निर्मल शर्मा, लुनिभा तुलाधर, सिसिर भण्डरी लगायतको अभिनय छ ।
.jpg)
निरज कँडेल र रामशरण उप्रेती फिल्मका छायाँकार हुन् । मोहित मुनालको संगीत रहेको यो फिल्ममा गोविन्द राई र गम्भिर विष्टको संगीत छ । मोहित मुनाल, प्रश्ना शाक्य र सन्तोष लामाले फिल्ममा स्वर दिएका छन् । प्रेस मिटमा ‘विर्खेलाई चिन्छस्’ को प्रोमो तथा गीत देखाइयो । फिल्म भदौको २० गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।

