Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मुखौटा`का निर्माता भन्छन्, `दोश्रो फिल्म दर्शकको रोजाइमा`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/03

पहिलो फिल्मले राम्रो छाप छोड्न नसकेपनि दोश्रो फिल्म भने दर्शकको रोजाइको बनाउने रिफ इन्टरटेनमेन्टका सञ्चालक रविन श्रेष्ठले बताएका छन् । निर्माता श्रेष्ठले भने, ‘पहिलो प्रयास राम्रो गर्ने थियो, दोश्रो प्रयास सबैलाई मन पर्ने हुनेछ ।’

रिफ इन्टरनेटमेन्टले निर्माण गरेको पहिलो फिल्म ‘मुखौटा’ले सोचे अनुरुप दर्शकको मन जित्न सकेन । रविनले भने, ‘दर्शकलाई फिल्म मन परेन होला तर हामीले प्राविधिक रुपमा फिल्मलाई बलियो बनाउने प्रयास गरेका थियौं ।’ नेपालमै पहिलो पटक ‘रेड इपिक’ क्यामेराको प्रयोग गरिएको फिल्म ‘मुखौटा’को कलर करेक्सन इटालियन प्राविधिकले गरेका थिए । फिल्ममा जम्बो कलाकारको टोलीको अभिनय थियो ।

निर्माता श्रेष्ठले तत्काललाई ‘मुखौटा’को सिक्वेल निर्माण नहुने समेत बताए । हतार गरेर सिक्वेल बनाउने घोषणा गरेका रविनले भने, ‘हामी अर्को एउटा फिल्मको तयारीमा छौं । ‘मुखौटा’को सिक्वेल पछि बन्छ ।’ दोश्रो फिल्मको निर्देशक, कलाकार तथा अन्य प्राविधिक पक्क भैसकेको छैन । केही सातापछि काम सुरु गर्ने रविनले बताए ।

Most Visited News (monthly)