
झण्डै चार महिनाको ब्रेक पश्च्चात आन्तरिक विवादमा अल्झिएको फिल्म ‘एउटा साथी’ को छायाँकन सुरु भएको छ । वैशाख २५ गते काठमाण्डौस्थित स्वयम्भुबाट फिल्मको दोश्रो चरणको छायाँकन सुरु गरिएको निर्देशक लक्ष्मण सुवेदीले जानकारी दिए ।

अभिनेता राजेश हमालको बिहे हुने पक्का भएको छ । आउँदो जेठ दोश्रो साताको कुनै मितिमा प्रेमिका मधु भट्टराईसँग राजेशले लगन गाँठो कस्नेछन् । बिहेको लागि राजेशले तयारी गरिरहेका छन् ।

फिल्म प्रदर्शनमा नआएसम्म यसै भन्न सकिदैन । फिल्म फल्प या हिट ? प्रदर्शन पश्चात निर्धारण हुने कुरा हुन् । एकाध फिल्मका मात्रै अनपेक्षित व्यापार हुन जान्छन् । फिल्म ‘आवरण’ का निर्माता अनिल योञ्जनले भने फिल्ममा लगाएको लगानी नेपाल प्रदर्शनबाटै सुरक्षित हुने आशा व्यक्त गरेका छन् ।

चलचित्र निर्देशक समाजमा देखिएका समस्याहरुको समाधान गरी समाजलाई एक ढिक्का बनाएर अगाडी लैजान वर्तमान नेतृत्वलाई पूर्व सल्लाहकारद्धय केपी पाठक र नरेश पौड्यालले ध्यानाकर्षण गराएका छन् । यसको लागि समाजका अध्यक्ष दिनेश डिसीले विशेष साधारण सभा बोलाउनु पर्ने पूर्व सल्लाहकारद्धयको माग छ ।

आज वैशाख २६ गते दुई नयाँ नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘दमदार’ र ‘रेड मनसून’ यो शुक्रबारका फ्रेस फिल्म हुन् । यी सँगै फिल्म ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ केही हलमा तेश्रो सातामा प्रदर्शनरत छन् भने ‘अकाल’ नामक फिल्म काठमाण्डौका हलमा मात्रै प्रदर्शन हुनेछ ।

बलिउड अभिनेता अक्षय कुमारले मुख्य भूमिका निभाएको फिल्म ‘बेबी’ युनिट र उक्त फिल्ममा आवद्ध नेपाली सदस्यबिच उत्पन्न भएको लफडा आपसी सहमतिमा टुङ्गिएको छ । नेपाल चलचित्र प्राविधिक संघको मध्यस्थतामा गौशला प्रहरी वृत्तमा मौखिक सहमतीमै लफडा टुङ्गिएको हो ।

