
मोडल हेमा श्रेष्ठ 'हँसिया' फिल्म मार्फत रजतपटमा अभिनेत्रीको रुपमा डेव्यु गर्दैछिन् । 'हँसिया'मा हेमाले एक्सन लेडीको भूमिका निभाएकी छिन् । हेमासँगै अभिनेता राजेश हमाल पनि फरक गेटअपमा प्रस्तुत भएका छन् ।

'प्लिज बाहिर गईदिनुस्,' ह्यात रेजेन्सी होटलको लबीबाट सुरक्षा गार्ड कराउँदै थिए, 'तपाईं यहाँबाट जानु भएन भने प्रहरी बोलाउनु पर्छ ।' अभिनेता अक्षय कुमारको फिल्म सुटिङ हेर्न पुगेका उनका शुभचिन्तक दिनभर जसो नै निराश देखिए ।

जेष्ठ १६ गते रिलिज हुन लागेको फिल्म 'मुखौटा'को ओेसटी रिलिज गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको प्रस्तुत गीतमा कल्याण सिंहको संगीत रहेको छ । स्वर भने फिल्मका निर्माता रबिन श्रेष्ठले दिएका छन् । रबिनसँगै यम बुद्ध र दि सिङ व्याण्डलाई पनि भिडियोमा फिचर गरिएको छ ।

नेपाली फिल्म 'जंगे'को सुटिङको क्रममा नायक सुरजसिंह ठकुरी घाईते भएका छन् । स्टन्ट दृश्यको क्रममा उनको खुट्टा ड्यामेज भएको हो । फिल्मको मुख्य नायक नै घाईते भएपछि उनको उपचार पूरा नहुञ्जेलका लागि 'जंगे'को सुटिङ रोकिएको छ ।

अभिनेता जीवन लुईटेलले फिल्मको संगीत पक्ष हेरेर फिल्म खेल्ने बताएका छन् । श्रावण २३ गते प्रदर्शन हुने फिल्म 'शीशा'को संगीत पक्ष उत्कृष्ट भएकै कारण अभिनय गरेको अभिनेता लुईटेलले बताए ।

अभिनेत्री मिथिला शर्माको बिवाह हुने भएको । ५० को वर्षमा रहेकी अभिनेत्री शर्माले पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन् । मासिक पत्रिका नेपालसँग अभिनेत्री शर्माले भनेकी छिन्, 'हामी ०७१ साल भित्र बिहे गर्छौ, यसम ढुक्क भए हुन्छ ।'

