
चलचित्र नृत्यकार संघ र चलचित्र नृत्य निर्देशक संघले छुट्टाछुट्टै कार्यक्रम गरी दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान गरेका छन् । नृत्यकार संघले बसन्तजंग रायमाझी र नृत्य निर्देशक संघले भैरव बहादुर थापालाई छुट्टाछुट्टै सम्मान गर्यो ।

‘मेरो बेस्ट फ्रेन्ड’ फिल्मको सेन्सर फुकुवा भएको छ । प्रशन्न पौडेल निर्देशित ‘मेरो बेस्ट फ्रेन्ड’ लाई सेन्सर वोर्डले पिजी प्रमाण पत्र उपलब्ध गरायो । फिल्ममा समावेश हिंसाका दृश्यका कारण ‘मेरो बेस्ट फ्रेन्ड’ ले उक्त प्रमाणपत्र पाएको हो ।

अभिनेत्री रेखा थापा र निर्माता छवि ओझा बिचको वाकयुद्ध वाफ बनेर पानी बन्ने क्रममा छ । रेखा र छविको मनमुटाव पत्रपत्रिकादेखि फेसबुकको भित्तासम्म छरपस्ट भए ।

अभिनेता भुवन केसीको काजोल फिल्मस् ब्यानरबाट 'ड्रिम' (सपना) नामक फिल्म निर्माण हुने भएको छ । जसको निर्देशन अभिनेता केसी स्वयमले गर्नेछन् । भुवनको ‘ड्रिम’ प्रोजेक्टमा छोरो अनमोल केसीको मुख्य भूमिका रहनेछ ।

मिन्स्क 'अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१'को दोस्रो संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार राजधानीको कालिकास्थान स्थित फुडल्याण्ड क्याफेमा एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट ५ मा पर्न सफल पपुलर फिल्म तथा फिल्मकर्मीको नामावली सार्वजनिक गरिएको हो ।

दाङमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका पत्रकार नबिन गिरीको उपचार सहयोगार्थ नेपालगञ्जमा फिल्म ‘एक्सिडेन्ट’को च्यारिटी शो गरिने भएको छ । रेडियो हिमाल एफएम ९२।८ मेगाहर्जले पत्रकार गिरीको आर्थिक सहयोगार्थ आगामी जेष्ठ १२ गते नेपालगञ्जस्थित वागेश्वरी चलचित्र मन्दिरमा च्यारिटी शो गर्न लागेको हो ।

