
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले फिल्म निर्देशन गर्ने भएका छन् । सिताराम यतिबेला फिल्मको कथा फाइनल गर्नमा व्यस्त छन् । तर, उनले फिल्म बारे थप नखुलाउने बताए ।

‘आहा ! कति राम्री नन्दिता,’ एक जना सञ्चारकर्मीले फुत्काइहाले । यो प्रशंसनिय वाक्यले नन्दिता मुस्कुराइन् मात्रै । कार्यक्रमको अवधिभर नै नन्दिताको पहिरन बारे चर्चा भैरह्यो । नन्दिता मुस्कुराइ रहिन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आवरण’ को बिहिबार साँझ विशेष शो गरियो । ‘आवरण’को उक्त विशेष शो विशेष नै रह्यो । ‘आवरण’ हेर्न जय नेपाल हल पुगेका कलाकारको जोडीले धेरैको ध्यान तान्न सफल रह्यो ।

चलचित्र पत्रकार संघ चितवन शाखाको प्रथम अधिबेशन शुक्रबार चितवनको रत्ननगरमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा रविचन्द्र अधिकारी निर्विरोध चयन भए ।

छविराज ओझाको नयाँ फिल्म 'लज्जा'को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । कात्तिक ७ गतेदेखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । नवल नेपालद्धारा निर्देशित यस फिल्म नारिको कथामा केन्द्रित छ ।

अभिनेता निखिल उप्रेतीले चाँडै आफ्नो बलिउड प्रोजेक्टलाई औपचारिकता दिने बताएका छन् । चाँडै नै एउटा कार्यक्रम गरेर आफ्नो बलिउड प्रोजेक्ट बारे जानकारी गराउने निखिलले बताए ।

