Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

बिहेमा पनि छुट्टियो धार

फिल्मीखबर, काठमाण्डौ, 2014/07/10
अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अनि निर्देशक तथा कलाकार अनुप बराल र अभिनेत्री दीया मास्केले असार २३ गतेको साइत पारेर बिहेको लगन गाँठो कसे । एउटै मितिमा बिहे गरे पनि श्रीकृष्ण र श्वेता अनि अनुप र दीयाको बिहे भोज भने छुट्टा छुट्टै मितिमा आयोजना भयो ।
 
‘कोहिनूर’ जोडीले बिहेकै दिन भोज दिंदा अनुप र दीयाले भने बिहेको दुई दिन पछि असार २५ गते मात्रै बिहेको भोज दिए । फरक मितिमा दिइएको यी दुई फिल्मकर्मीको बिहे भोजको शैली एवं निमन्त्रित पाहुना पनि फरक देखिए । 
 
अभिनेता श्रीकृष्ण र श्वेताले आफ्नो बिहे भोजमा नयाँ पुस्ताका फिल्मकर्मी र फरक धारको भनिने फिल्ममा आवद्ध फिल्मकर्मीलाई निमन्त्रणा नै दिएका थिएनन् । अनुप र दियाले पनि मूलधारका फिल्मकर्मीलाई निमन्त्रण नदिइएको पाइयो । बसुन्धरास्थित मेघा वैङक्वैटमा अनुप र दीयाले दिएको बिहे भोजमा मूल धारका फिल्मकर्मीको उपस्थिति शून्य नै रह्यो । एकाध अनलाइन, दैनिक र केही साप्ताहिक पत्रिकाका बाहेक अन्य मिडियाकर्र्मीलाई अनुप र दीयाले बिहे भोजको निम्तो दिएका थिएनन् ।  
 
साँझ ५ बजेदेखि राती १० बजेसम्म सञ्चालन भएको अनुप र दीयाको बिहे भोजमा नाट्यकर्मी, साहित्यकर्मी एवं फरक धार भनेर चिनिने फिल्मकर्मीको उपस्थिति रह्यो । हरिवंश आचार्य दम्पती एवं वरिष्ठ कलाकार एवं नाट्यकर्मी हरिहर शर्मा, सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, कर्म, सुवास थापा लगायत कलाकारको उक्त बिहे भोजमा सहभागिता थियो ।
 
 
 
 
 
 
 
Most Visited News (monthly)