Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

सेन्सरले रोक्यो विराज भट्टको फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/07/11

भोजपुरी फिल्मको नेपाली डविङ गरेर प्रदर्शनमा ल्याउने तयारी भैरहेको बिराज भट्ट अभिनित फिल्म ‘ज्वाला’ को चलचित्र जाँच पास समिति सेन्सर वोर्डले तत्कालिन प्रदर्शनमा रोक लगाएको छ ।

संचार मन्त्रलयबाट नेपाली फिल्म सरह इजाजत लिइएतापनि फिल्म पुरै भोजपुरी भएकाले तत्कालिन प्रदर्शनमा रोक लगाइएको सेन्सर सदस्य सुरेशदर्पण पोखरेलले बताए । 'ज्वाला' प्रदर्शनको लागि अब विदेशी फिल्म सरह इजाजत लिई १५ प्रतिशत विकास शुल्क लिएर मात्रै प्रदर्शन गर्नु पर्नेछ । असार २७ गते 'ज्वाला' प्रदर्शनमा नआएपछि फिल्म 'नागबेली'ले सोलो रिलिजको मौका पाएको छ ।

प्रदर्शनधिकार लिएका रोहित कट्टेलले प्रक्रिया पुर्याएर आउँदो साउन २ गते 'ज्वाला' लाई प्रदर्शन गर्ने बताए । 'ज्वाला' प्रदर्शन रोक्नको लागि फिल्म 'नागबेली' निर्माण सदस्यले विकास वोर्ड सहित अन्य फिल्म सम्वद्ध संघ संस्थामा निवेदन समेत हालेको थियो । नेपाली डवको भोजपुरी फिल्म नेपाल प्रदर्शनको नेपाली निर्माता तथा निर्देशकले बिरोध गर्दै आएका छन् ।

Most Visited News (monthly)