
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको सातौं संस्करण हङकङमा हुने भएको छ । हङकङ नेफ्टा अवार्डको लागि जुरी सदस्यले फिल्म हेर्न सुरु गरेको छ ।

चलचित्र पत्रकार संघले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ श्री विदुर गिरीलाई दिने निर्णय गरेको छ । संघका पूर्व अध्यक्ष गिरीलाई लामोसमयदेखि चलचित्र पत्रकारितामा आबध्ह भएको भन्दै सम्मान गर्न लागेको हो ।

शुक्रबार जेठ २ गते तीन नेपाली फिल्म प्रदर्शन हुनेछन् । ‘आवरण’, ‘पीपल’ र ‘ठूलो मान्छे’ शुक्रबारका रिलिज फिल्म हुन् । जुन फिल्ममा क्रमशः अभिनेत्रीहरु प्रियंका कार्की, अरुणिमा लम्साल र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)मा गाई चराउने र स्वास्थ्यकर्मीको बाहुल्यता रहेको बताएका छन् । चलचित्र नृत्यकार संघले गरेको बधाई तथा सम्मान कार्यक्रममा अतिथि बनेर पुगेका अध्यक्ष राईले सेन्सर वोर्डका पूर्व सदस्यप्रति यस्तो अभिव्यक्ति दिएका हुन् ।

अभिनेत्री दिपाश्री निर्रौलाले साइत जुराएकी छिन् । यो साइत दिपाको नभएर उनले एक वर्ष अघि किनेको घरको जुरेको हो । वानेश्वर हाइटमा रहेको तीन तले घरमा दिपाले साइत जुराएर घर पूजा गरिन् ।

अभिनेता राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई पहिलो पटक मिडियासामु सार्वजनिक गरे । राजधानीको शंकर होटलमा सञ्चारकर्मीमाझ हमालले मधुलाई आमाले लगाएको गहना लगाईदिंदै प्रेम प्रस्ताव समेत राखे ।

