Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17809 - 17814 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-12, सोमवार

अभिनेता रेश मरठ्ठालाई यतिबेला भ्याइ नभ्याइ छ । आफू अभिनित फिल्म ‘मेरो बेष्ट फ्रेन्ड’ को प्रचारले रेशलाई व्यस्त बनाएको हो । दुवै हिरोइन प्रियंका कार्की र केकी अधिकारी फिल्मको छायाँकनमा व्यस्त भएपछि रेशलाई ‘मेरो बेस्ट फ्रेन्ड’ प्रचारको चटारोले छोएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-12, सोमवार

तेश्रो म्यूजिक खबर अवार्डको औपचारिक घोषणा गरिएको छ । राजधानीमा एक प्रेसमिट गर्दै तेश्रो म्यूजिक खबर अवार्डको विभिन्न १९ विधाका नोमिनेशन सार्वजनिक गरियो । नेपाली गीत संगीतको सम्बर्द्धन एवं प्रबर्द्धन र मौलिक नेपाली गीत संगीतले प्रश्रय पाउन् भनी अवार्डलाई निरञ्तरता दिइएको आयोजकले बतायो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-12, सोमवार

सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी यतिबेला ‘फन्को’ फिल्मको छायाँकनको लागि पोखरामा छन् । प्रमोद खरेलले गाएको ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ गीत विपरीत यो समुह पोखरामा मस्ती गर्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

केही साता अगाडीसम्म अभिनेत्री नम्रता श्रेष्ठ बिरामी परेको खबर थियो । फिल्म ‘नोभेम्वर रेन’ प्रदर्शन भैरहँदा अभिनेत्री श्रेष्ठ भने पोखरामा ‘रेष्ट’ लिदै थिइन् । पत्थरीको अप्रेसन पश्चात पेटमा पाइप राखेकी नम्रताको स्वास्थ्य पूर्ण रुपमा अझै साता लाग्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

चलचित्र संघको ४२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आतिथ्य लिएका मुख्य सचिव लिलामणी पौडेलले नेपाली फिल्म र नेपाली फिल्मको बजारको विषयमा मात्रै बोलेनन् । मुख्य सचिव पौडेलले छिमेकी मुलुक चिन र भारतबाट नेपाली फिल्म क्षेत्रले पाठ सिक्नुपर्ने समेत बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

चलचित्र नृत्य निर्देशकहरुको छाता संगठन चलचित्र नृत्य निर्देशक संघद्वारा यस बर्ष बरिष्ठ फिल्म नृत्य निर्देशक, लोक नृत्य खोजकर्ता तथा लोक साहित्यकार श्री भैरव बहादुर थापालाई सम्मान गरिने भएको छ । गत बर्ष वरिष्ठ फिल्म नृत्य निर्देशक बसन्तजंग रायमाझीलाई सम्मान गरिएको थियो भने यस बर्ष भैरवबहादुरलाई सम्मान गरिन लागेको हो ।

Results : 17809 - 17814 of 24017