Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नागबेली` प्रिमिरमा सबेरै करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2014/07/10
फिल्म ‘नागबेली’ को प्रिमियर गरिएको छ । विश्वकपको ह्याङ अनि बिहानी शोले गर्दा सबै आमन्त्रित पाहुना भने प्रिमियर शोमा देखिएनन् । कमलपाखरीस्थित कुमारी हलमा बिहान ९ बजे गरिएको नागबेलीको प्रिमियरमा फिल्म युनिट, फिल्मकर्मी र सञ्चारकर्मीको सिमित उपस्थिति थियो । 
 
नागबेली प्रिमियरमा अभिनेत्री करिश्मा मानान्धर आकर्षणको केन्द्र बनिन् । नागबेली हेर्न करिश्मा गोदावरी निवासदेखि ९ बजे कुमारी हल आइपुगेकी थिइन् । करिश्मा निर्देशक गोविन्द राईकी मिल्ने साथी हुन् । आफ्नो साथीको फिल्मको प्रशंसा गर्न करिश्माले कुनै कसुर बाँकी राखिनन् । 
 
नागबेली हेरेपछि करिशमाले निर्देशक राईको निर्देशकिय क्षमतासँगै कलाकारको अभिनय एवं फिल्मको कथा मन परेको प्रतिक्रिया दिइन् । समिक्षक दीपेन्द्र लामाले युवा पुस्ताले भोग्दै आएको वर्तमान वेरोजगारीको कथालाई मुख्य विषय बनाएका छन् । एक सय बढी नेपाली फिल्मको नृत्य निर्देशन गरेका गोविन्द राईको यो पहिलो निर्देशकिय फिल्म हो । 
 
रोमियन लिम्बुको लगानी रहेको फिल्म 'नागबेली'मा नीर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गरच, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेठ, अशोक फुयाँल, रुपा राना, लुनिभा तुलाधर लगायतको अभिनय छ । नागबेली असार २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
 
 
 
 
Most Visited News (monthly)