Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.30/5.00)
Text size:-
+
-

लाउरेलाई नम्रताको प्रश्न, `तिमीलाई त्यो दिन याद छ ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
अभिनेत्री नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ बिच फिल्म ‘ताण्डव’को सुटिङ सेटमै प्रेम चक्कर चलेको खबर एक समय फिल्म नगरीमा खुब हिट भयो । यद्पी यो हिट खबरलाई नम्रताले सिधै नकारेकी छिन् ।
 
रियलमा जे भएपनि फिल्म ‘ताण्डव’ का रिलमा भने लाउरेसँग नम्रताले खुबै रोमान्स गरे जस्तो देखिन्छ । सार्वजनिक गरिएको फिल्म ‘ताण्डव’को दोश्रो ट्रेलरमा नम्रताले लाउरेलाई सोधेकी छिन्, ‘तिमीलाई त्यो दिन याद छ ?’ जवाफमा लाउरेले ‘त्यो खराब दिन ?’ भनेका छन् । बाँकी के छ ? प्रदर्शन मिति सम्मै प्रतिक्षा गर्नुपर्ला । 
 
ड्रग, डन र गनको कथा भनिएको फिल्म ‘ताण्डव’मा नम्रता र लाउरेसँगै अनुप बराल, एलिन गुरुङ, विपिन कार्की लगायतको अभिनय छ । स्म्यासिङ एप्पल निर्मित फिल्ममा बेलायती नागरिक मुर्रे केरले निर्देशन गरेका छन् । भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘ताण्डव’लाई दर्शक तान्ने फिल्मको रुपमा अपेक्षा गरिएको छ ।

Most Visited News (monthly)