मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिल्म नचले तरकारी व्यवसाय गर्छु` : लय संग्रौला

फिल्मीखबर, काठमाण्डौ, 2014/07/22
'यदि यो फिल्म चलेन भने कालिमाटीबाट तरकारी ल्याएर व्यापार शुरू गर्छु,' मंगलबार पत्रकारहरूमाझ निर्देशक लय संग्रौलाले भने, 'मैले जुन बिषय उठाएको छु त्यो बिषयलाई पनि दर्शकले नरूचाए सोच्न बाध्य हुनेछु कि अब कस्तो फिल्म चल्छ भनेर ।'
 
 
श्रावण २२ गतेबाट शुटिङ शुरू गर्नेगरी निर्देशक संग्रौलाले फिल्म 'लोग्ने मान्छे' निर्माण गर्न लागेको औपचारिक घोषणा गरे । बिशुद्ध पारिवारिक फिल्म भनिएको 'लोग्ने मान्छे'ले नामको विपरित एउटी पत्निले आफ्नो श्रीमानसँग गर्ने बिद्रोहको कथा उठाएको निर्देशकले जानकारी गराए । निर्देशक संग्रौला भन्छन्, 'बैबाहिक बन्धन पछि हुने स्वाभाविक र अस्वाभाविक ठगीले समस्याग्रस्त मनोविज्ञान बोकेको घटनाक्रम हो, 'लोग्ने मान्छे' ।'
 
 
दिलिप रायमाझी, नन्दिता केसी, अनिशा गुरूङ, बालदिप राई, ध्रुब कोईराला, संगीत लिम्बु, केशब भट्टराई, लय संग्रौला लगायतको अभिनय रहने यो फिल्मलाई प्रदीप मित्तलले निर्माण गर्दैछन् । मदनगोपाल सुब्बाको समेत लगानी रहने यो फिल्ममा निर्देशक संग्रौलाकै स्क्रिप्ट लेखन तथा गीत, चेतन सापकोटाको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।
 
तस्विर सौजन्य : अनुप भट्टराई (न्यूजफिल्मी)