मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

प्रियंका चोपडालाई बक्सिङ सिकाउँदै राते काइँला

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
नेपाली फिल्म क्षेत्रमा राते काइँला उपनामले चिनिने कलाकार सुनिल थापाले बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेका छन् । अभिनेत्री प्रियंका चोपडाको शिर्ष भूमिकामा प्रस्तुत भएको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । 
 
संजय लीला भन्सालीले निर्माण गरेको ‘मेरी कोम’को ट्रेरलमा प्रियंकासँगै सुनिललाई पनि उत्तिकै संवाद सहित स्थान दिइएको छ । ‘मेरी कोम’ मा सुनिल प्रियंकाको बक्सिङ गुरुको रुपमा प्रस्तत भएका छन् । सुटिङ सकिएको लामो समय भएपनि ‘मेरी कोम’ र आफ्नो भूमिका बारे सुनिलले केही पनि बताएका थिएनन् । 
 
निमन्त्रणा भएको खबर ढिला थाहा पाउँदा सुनिल मुम्बईमा आयोजना गरिएको ट्रेलर लञ्चिङ कार्यक्रममा सहभागी हुन पाएनन् । यसअघि पनि सुनिलले अन्य बलिउड फिल्महरुमा अभिनय गरिसकेको छन् ।