मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुनिलको सन्यास ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
‘मायाज बार’ र ‘मोक्ष’ फिल्मबाट ठूलो घाटा बेहोरेपछि निर्माता सुनिल मानन्धर फिल्म नै निर्माण नगर्ने निर्णयमा पुगेका छन् । आश गरेका फिल्मबाट नै घाटा भएपछि निर्माता मानन्धरलाई फिल्म निर्माणप्रति वितृष्ण जागेको हो । 
 
विगत १५ वर्षदेखि काठमाण्डौंमा फिल्म वितरण समेत गर्दै आएका सुनिलले प्रतिप्रश्न गरे, ‘राम्रो फिल्म बनाएर पनि घाटा लागेपछि फिल्म केको लागि बनाउने ? अब फिल्म निर्माण गर्दिन ।’ फिल्म निर्माणबाट सन्यास नै भने नलिएको सुनिलको भनाई छ । उनले भने, ‘सन्यास नै चाहिं नभनौं । तत्काललाई फिल्म बनाउने कुनै योजना छैन । फिल्म चल्ने जस्तो देखिए बनाउन पनि सक्छु ।’ 
 
सुनिलले पहिलो पटक निर्माण गरेको फिल्म ‘दिदी भाइ’ खासै घाटामा नगएपनि महँगो बजेटको दोश्रो फिल्म ‘मायाज बार’बाट झन्डै पचास लाखको घाटामा बेहोर्नु पर्‍यो । फिल्म ‘मोक्ष’को व्यापार सोचे भन्दा निकै न्यून रह्यो । फिल्म ‘मोक्ष’बाट सुनिलको लगानीको पच्चीस प्रतिशत पनि उठेन ।
 
वितरण गरिएका फिल्मबाट झन्डै एक करोड रुपैयाँ उठाउन बाँकी रहेको हिसाब सुनाउने सुनिलले फिल्म वितरणमा पनि त्यति सक्रियता देखाएका छैनन् । साउन २३ गते प्रदर्शन हुने फिल्म ‘कोहिनूर’ लाई काठमाण्डौ उपत्यकाका लागि सुनिलले वितरण गर्दैछन् । यो फिल्मले सुनिललाई केहि राहत प्रदान गर्छ कि ?