Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाले भिसा नदिएपछि कोमलले भनिन्, `अन्याय भयो’

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
अमेरिकी दुतावासले आफ्नो देशको भिसामा नेपाली कलाकारलाई कडाई गरिरहेको छ । पछिल्लो समय त नेपाली कलाकरलाई अमेरिकाले भिसा दिएको छैन भन्दा पनि हुन्छ । विभिन्न कार्यक्रममा लागि अमेरिका प्रवेशको आवेदन दिएका नेपाली कलाकारको लगातार ‘रिजेक्ट’ हुने क्रम बढ्दो छ ।
 
एएनए कार्यक्रममा सहभागी हुन अमेरिका प्रवेशको आवेदन दिएकी अभिनेत्री सुमिना घिमिरे संविधान नबनेको भन्दै ‘रिजेक्ट’ भइन् । सुमिनाले आवेदन दिएकै छेकोमा अभिनेत्री केकी अधिकारी, गायिका तथा ‘राजनीति’ नायिका कोमल वली, अभिनेता कुशल थापाको टोली पनि अमेरिकाको भिसा ‘रिजेक्ट’ भएर फर्किएको थियो । यो खबर ढिलो गरी बाहिरिएको छ । 
 
अमेरिकामा रहेका नेपालीले टेक्सास शहरमा एउटा मेलाको आयोजना गरेका थिए । त्यही मेलाको लागि नेपालबाट केही कलाकार र २० जना भन्दा बढी अन्य व्यक्तिलाई बोलाइएको बताइन्छ । मेलामा सहभागी हुने टोली ठूलो भएरै अमेरिकी दुतावासले भिसा नदिएको कोमल वलीको ठम्याइ छ । 
 
कोमल भन्छिन्, ‘अरुको कारणले कलाकारलाई भिसा नदिनु त अन्याय नै हो ।’ कार्यक्रम भन्दै त्यतै बस्ने नेपाली कलाकारको कारणले पछिल्लो समय अमेरिकी दुतावासले भिसामा कडाइ गर्न थालेको छ । यसबारे कोमल भन्छिन्, ‘दर्जन बढी देश घुमिसकें । लुक्ने नै भए म अरु देशमा पनि त लुक्न सक्थें नि!’
 
Most Visited News (monthly)