मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्तिक १ गते हङ्कङमा नेफ्टा अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
सातौं संस्करणको नेफ्टा अवार्ड कार्तिक १ गते हङ्कङमा आयोजना हुने भएको छ । केहि दिन अघि हङकङ पुगेको नेफ्टा टोलीले त्यहाँ प्रेसमिट गर्दै कार्तिक १ गते अवार्ड आयोजना हुने मिति सार्वजनिक गरेको हो । 
 
 
तिहारको मुखमा आयोजना हुने नेफ्टा अवार्डमा झन्डै २ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । नेपालबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एसके थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्व रहेको ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघसँग सहकार्य गरी अवार्ड आयोजना गर्दैछ ।
 
योजना अनुरुप नै सवै कार्यक्रम सम्पन्न हुँदै गएकाले केही दिनको सामान्य भ्रमण पछि नेपाल फर्किने हङकङबाट सुनिल कुमार थापाले जनाएका छन् । सुनिलसँगै प्राविधिक संघका अध्यक्ष मनोज मनोज केसी र कार्यक्रम संयोजक बाबुराम दाहाल यतिबेला हङकङमा छन् । सुवास ईन्टरटेन्मेटसँगको सहकार्यमा अघिल्लो संकरणको नेफ्टा अवार्ड मलेसियामा सम्पन्न भएको थियो ।