मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिटिकल केयरका लागि `पुन्टे परेड`को च्यारेटी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/29
दुई पटक प्रदर्शन मिति धकेलिएको फिल्म ‘पुन्टे परेड’ को च्यारेटी शो गरिएको छ । क्रिटिकल केयर डेभ्लपमेन्ट  फाउन्डेसनले जय नेपाल हलमा फिल्म ‘पुन्टे परेड’ को साउन १२ गते साँझ च्यारेटी गर्यो । सुवास कोइराला निर्देशित फिल्म ‘पुन्टे परेड’ भदौ २७ गते नेपालभर प्रदर्शन हुँदैछ ।
 
 
हरि महतको लगानीमा निर्माण भएको फिल्म ‘पुन्टे परेड’ मा संयुम पुरी शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्म ‘सायद’ पछि संयम अभिनित दोश्रो फिल्म ‘पुन्टे परेड’ प्रदर्शनमा आउँदैछ । संयमको पहिलो फिल्म ‘सायद’ व्यवसायिक सफलता पाएको थियो ।
 
फिल्ममा पुन्टे अर्थात संयम सुस्त मनस्थितिका हुन्छन् । घरपरिवार तथा साथीहरुको बेवास्ता पछि घर छोड्न बाध्य पुन्टेको जीवनले कस्तो मोड लिन्छ ? फिल्म यसकै वरिपरी घुमेको छ । सान बस्नेतद्धारा लिखित फिल्म ‘पुन्टे परेड’ मा तारा प्रकाश लिम्बु र टेकेनन्द लामाको संगीत छ । 
 
संयमसँगै फिल्ममा एन्जिला दाहाल, निलु डोल्मा शेर्पा, नट्टु शाह, गीता अधिकारी, श्वेता थापाको अभिनय छ । प्रियंका कार्की अतिथि भूमिकामा छिन् । तर, प्रियंका च्यारेटीमा सहभागी भइनन् । फिल्म ‘पुन्टे परेड’ लाई बाबु थापाले खिचेका छन् ।