मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

`ताण्डव` खेल खेल्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/07/29
फिल्म ‘ताण्डव’ फिल्मको प्रचार प्रसारमा केही भिन्न शैली अपनाइएको छ । ‘ताण्डव’ प्रचारको लागि निर्माता मोहन डोटेलले फिल्म ‘डिजिटल गेम’ लञ्च गरेका छन् । इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली ठाउँ राखिएका स्थानमा ड्रयाग राखेर सूचना भर्नुपर्नेछ ।
 
तल दिईएको पोस्टरमा गेम खेल्न सक्नुहुन्छ ।
 
 
पोस्टरमाथिको यो गेमले फिल्मको प्रचार प्रसारमा व्यापकता दिने निर्माण युनिटको विश्वास छ । पहिलो फिल्म ‘बधशाला’ प्रदर्शनताका पनि निर्माता डोटेलले यस्तै इन्टरनेटमा खेलिने फिल्म गेम लञ्च गरेका थिए । बेलायती नागरिक मुर्रे केर निर्देशित फिल्म ‘ताण्डव’ ले प्रचार प्रसारलाई व्यापकता दिएको छ ।
 
स्म्यासिङ एप्पल निर्मित फिल्म ‘ताण्डव’ मा नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ मुख्य भूमिकामा छन् । अनुप बराल, एलिन गुरुङ लगायत अन्य कलाकारको पनि ‘ताण्डव’ मा अभिनय छ ।