मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`सम्बोधन`मा दयाहाङ `गोले सर` (प्रोमो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/28
अभिनेता दयाहाङ राई हरेक जसो फिल्ममा भिन्न भिन्न भूमिकामा प्रस्तुत हुने गर्दछन् । दयाहाङले ‘लुट’ को गोफ्लेदेखि ‘कवड्डी’मा काजी बनि दर्शक समक्ष फरक छाप छोडेका छन् । अब यी काजी साप फिल्म ‘सम्बोधन’ मार्फत गोले सरको भूमिकामा आउँदैछन् । 
 
सार्वजनिक गरिएको फिल्म ‘सम्बोधन’ को ट्रेलरमा दयाहाङको फरक गेटअप र भूमिकालाई देख्न सकिन्छ । फिल्म ‘सम्बोधन’ मा दयाहाङको प्रहरीको भूमिका छ । हेमराज विसी निर्देशित फिल्म ‘सम्बोधन’ मा दयाहाङसँगै नम्रता श्रेष्ठ, नव नायक विनय भट्ट र कलाकार प्रशान्त ताम्रकार, सुलेशमान शंकर लगायतको अभिनय छ ।
 
 
सरोज न्यौपाने निर्मित फिल्म ‘सम्बोधन’ आउँदो भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । नम्रताले फिल्ममा क्राइम रिपोर्टरको भूमिका निभाएकी छिन् । पहिलो फिल्म ‘होस्टेल’लाई लभ फ्लेवरमा बनाएका हेमराजले फिल्म ‘सम्बोधन’ भने राजनीति अनि राष्ट्रियतासँग जोडेर बनाएका छन् ।