मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनले पनि मनाए इद

फिल्मीखबर, काठमाण्डौ, 2014/07/29
इस्लाम धर्मालम्बीको ठूलो पर्व इद उल फित्र आज मनाईदैछ । मुस्लिम धर्मावलम्वीले ३० दिनसम्म उपवास बसेर रमजान पर्व मनाउछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान र उपवास समाप्त हुन्छ ।  
 
 
यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् । यसै बीच नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीले पनि इद मनाएका छन् ।  
 
नेपाली फिल्म 'अलबिदा'को युनिटले पनि मंगलबार एक आपसममा खुशी साटेर इद उल फित्र मनाए । 'अलबिदा'का निर्माता तथा अभिनेता हसन खानले सोही फिल्मका अर्का अभिनेता आर्यन सिग्देलसँग आफ्नो दोस्तीलाई प्रगाढ बनाउँदै इद मनाए । आर्यनले आफ्ना निकट साथी समेत रहेका हसनलाई इदको शुभकामना दिए । 
 
 
यस्तै हसन र आर्यनले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई इदको शुभकामना दिए । पौष २५ गते रिलिज हुन लागेको  'अलबिदा'लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा आर्यन र हसनको साथमा अनिता आचार्य र नागेन्द्र रिजालको पनि मुख्य भूमिका छ ।