मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमराजको फरक स्वाद

फिल्मीखबर, काठमाडौँ, 2014/07/30


‘होस्टेल’ डेब्यू निर्देशक हेमराज विसीले निर्देशन गरेको दोश्रो फिल्म ‘सम्बोधन’ आउँदो भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । पहिलो फिल्म ‘होस्टेल’ मा युवापुस्ताको विषयलाई उठाएका निर्देशक विसीले ‘सम्बोधन’ मा भने राष्ट्रियता र राजनीतिक विषयलाई उठाएका छन् ।

 

‘म आफूलाई एकै प्रकारको फिल्म निर्देशक भनेर चिनाउन चाहन्न । दर्शकलाई एउटै स्वाद कति बाँड्ने ? सम्बोधनमा फरक स्वाद दिन खोजेको छु,’ ‘सम्बोधन’ मा उठाइएको राजनीतिक विषय बारे निर्देशक विसीले भने । हेमराजको पहिलो फिल्म ‘होस्टेल’लाई युवापुस्ताले निकै रुचाएका थिए ।

 

दोश्रो फिल्म ‘सम्बोधन’ लाई दर्शकको साथ अनि प्रतिक्रिया कस्तो मिल्ला ? हेमराजको अपेक्षा छ, ‘मेरो फिल्मलाई दर्शकले गाली गर्ने छैनन् । सबै दर्शकलाई मन पर्ने फिल्म बनाएको छु ।’ सरोज न्यौपाने निर्मित फिल्म ‘सम्बोधन’ मा दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार र विनय भट्टको मुख्य अभिनय छ । ‘सम्बोधन’ले दर्शकलाई कस्तो सम्बोधन गर्छ ? भदौ ६ गतेसम्म प्रतिक्षा गर्रौं ।