मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

ताण्डवबाट ढोका खोल्दै बिशारथ

मणिराज गौतम, हेटौंडा, 2014/07/30
लामो समयदेखि मुम्बई शहरमा क्लाउन थियटर गरेर अभ्यस्त भएका कलाकार बिशारथ बस्नेतलाई अब नेपाली फिल्मको पर्दामा देख्न पाईने भएको छ । बस्नेतले फिल्म 'ताण्डव'बाट नेपाली फिल्ममा फड्को मारेका हुन् ।   
 
 
'ताण्डव'मा सकरात्मक तथा नकरात्मक दुबै खाले भूमिकामा शसक्त रुपमा देखिने बस्नेतले नेपाली फिल्ममा काम गर्ने ढोका खुलेको बताउँछन् । पहिलो फिल्ममै शसक्त खालको भूमिका पाएका बस्नेतलाई 'ताण्डव'ले अगाडी बढाउन सहयोग गर्ने निर्माता मोहन डोटेल बताउँछन् ।
 
बिशारथलाई 'ताण्डव'कै लागी भनेर मुम्बाईबाट नेपाल बोलाएको र उनको कामबाट आफु सन्तुष्ट रहेको सन्तुष्ट निर्माता डोटेलले बताए । आफ्नो भूमिका अहिले खोल्न नमिल्ने भन्दै मुम्बईमा हासिल गरेको कलाकारिताको अभ्यासलाई 'ताण्डव'बाट नेपाली दर्शकमाझ परिचित बनाउन आफूले सक्दो प्रयास गरेको बस्नेतको दाबी छ ।
 
बिदेशी निर्देशक मुर्रे केरले 'ताण्डव'को निर्देशन गरेका हुन ।   फिल्ममा नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ मुख्य भूमिकामा छन् । अनुप बराल, एलिन गुरुङ, बिपिन कार्की लगायतको पनि ‘ताण्डव’ मा अभिनय छ ।