मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

तनावमा जीवन लुईंटेल

फिल्मीखबर, काठमाडौं, 2014/07/30

जीवन लुईंटेल आजभोलि तनावमा छन् । तनावको कारण बनेका छन् आफ्नै फिल्म । आफू अभिनित सबै फिल्म एकै साथ रिलिज हुन लागेकाले जीवनको तनाव बढेको हो । वर्ष ०७० सालमा दुई फिल्ममा चित्त बुझाएका अभिनेता लुइँटेलको यो वर्ष कम्तीमा पाँच वटा फिल्म प्रदर्शनमा आउने पक्का छ ।

 

भदौ महिनामा मात्रै जीवन अभिनित २ वटा फिल्महरु लगातार प्रदर्शनमा आउँदैछन् । साउन अन्तिममा ‘शीशा’ फिल्म प्रदर्शनमा आउँदैछ । भदौमा ‘ठूली’, र ‘स्टुपिड मन’ फिल्महरु प्रदर्शनमा आउँदैछन् । जसमा जीवनको महत्वपूर्ण भूमिका छ । ‘जाउँ हिड पोखरा’, सुकुलगुन्डा’, 'धून' र ‘भुलभुलैया’ यसै वर्ष प्रदर्शनमा आउने कुरा छ ।

 

तीन-तीन वटा फिल्म एकै साथ प्रदर्शन हुने भएपछि जीवन यतिबेला दोधारमा छन् । दर्शकलाई कुन फिल्म हेरिदिन आग्रह गर्ने ? कुन फिल्मलाई राम्रो भन्ने ? फिल्मीखबरसँग जीवनले आफ्नो बाध्यत्मक परिस्थिति बारे भने, ‘आफ्नै फिल्म महिनामा हप्ता बिराएर प्रदर्शनमा आउँदा खुसी भन्दा पनि पीडा भइरहेको छ । आफैंसँग जुध्दा नरमाइलो लागिरहेको छ । कुन फिल्मलाई राम्रो भन्ने आफैं दोधारमा छु ।’ यद्यपी अभिनेता लुइँटेलले तीन वटै फिल्ममा आफ्नो भूमिका दमदार रहेको बताए ।

 

फिल्म ‘काफल पाक्यो’ को छायाँकनमा व्यस्त जीवनको आग्रह छ, ‘लगातार एउटै कलाकारको फिल्म हेर्न दर्शकलाई पनि दिक्क लाग्न सक्छ । त्यसैले फिल्म वितरण प्रणालीलाई वितरक र निर्माताले मिलाएर लगे कलाकारलाई यस्तो धर्मसंकट पर्दैनथ्यो ।’ तर जीवनकोे मर्म कसले बुझ्ने ? अरुले मर्म नबुझे जीवनले वर्षमा एक दुई फिल्म मात्र प्रदर्शन हुनेगरी अभिनय गरेर आफैं अघि सर्ने हो कि ?