मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हाइटी` पति रिस्ताको चाहना

फिल्मीखबर, काठमाण्डौ, 2014/07/29
मेकअप आर्टिस्ट विपना बस्नेतकी छोरी रिस्ता बस्नेतलाई फिल्म नगरीमा यतिबेला राम्रो गर्ने बलियो सम्भावना बोकेको नव नायिकाको रुपमा हेरिएको छ । फिल्म ‘होस्टेल’ प्रदर्शन पश्चात् रिस्ताले चार वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।
 
कर्मसियल हिरोइनको रुपमा बलियो सम्भावना बोकेकी रिस्ता अभिनित फिल्म‘यो कथा हो तिम्रो मेरो’ भदौ १३ गते देशभरका हलबाट प्रदर्शनमा आउँदैछ । ओम प्रतिक निर्देशित यो फिल्ममा रिस्ताले लभर गर्लको भूमिका निभाएकी छिन् । फिल्ममा रिस्तासँगै सुमन सिंह र रवि कार्कीको मुख्य भूमिका छ ।  
 
युवापुस्तालाई नेतृत्व गर्ने रिस्ता साउने सोमबारको व्रतालु पनि हुन् । रिस्ताले विगत तीन वर्षदेखि नियमित रुपमा साउनको सोमबारे व्रत लिदै आएकी छिन् । निष्ठा पूर्वक व्रत लिने रिस्ता सम्झिन्छिन्, ‘पहिलो पटक साउनको व्रत साथीहरुको लहैलहैमा लागेर लिएको थिएँ । दोश्रो पटक आफैं मन लागेर लिएँ ।’ 
 
हरियो चुरा अनि मेहन्दीको फेसन बन्दै गएको साउनको सोमबारे व्रत विशेषतः विवाहित नारीले पतिको दिर्घायुको लागि र अविवाहित नारीले खोजे र रोजे जस्तै पति पाउँ भनी साउनको सामबारे व्रत लिने विश्वास छ । पति कस्तो होस् भनेर व्रत बस्नुभएको छ ? भन्ने प्रश्नमा रिस्ताले हाँस्दै जवाफ दिइन्, ‘मेरो पति हाइटी हुनुपर्छ ।’ 
 
५.६ इन्च उचाइकी धनी रिस्ताले हाइटी पति अर्थात् भविष्यको पति पाइन् त ? रिस्ताले ‘छैन’ भन्ने उत्तर दिइन् । प्रस्ताव त कसो नआउला र ? प्रश्न सोधियो । उनले भनिन्, ‘अवश्य पनि प्रस्ताव आउँछन् । तर, यो समय प्रेम गर्ने होइन । भर्खर करिअर सुरु भएको छ । प्रेम अनि विहेको बारेमा केही पनि सोचेको छैन ।’
 
यद्पी रिस्ताले प्रेमी अर्थात् पतिमा हुनुपर्ने गुणको बारेमा भने खुलेरै बताइन् । म्यानेजमेन्ट तहको प्लस टुको वोर्ड परिक्षा दिएर बसेकी रिस्ताले भावी पतिबारे भनिन्, ‘ मेरो प्रेमी या पतिको उचाई त बढी हुनुपर्छ नै सँगै मलाई धेरै माया गर्ने पनि हुनुपर्छ । उसले मेरो परिवार र पेशालाई पनि सम्मान गर्नुपर्छ ।’ फिल्म ‘यो कथा हो तिम्रो मेरो’ सँगै रिस्ता अभिनित ‘अधकट्टी’, ‘एउटा साथी’, ‘आधा पेज’ गरी चार वटा फिल्महरु प्रदर्शनको क्रममा छन् ।