मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रत बिरोधी अभिनेता

फिल्मीखबर, काठमाडौं, 2014/07/30


साउनको सोमबारे व्रत विशेषगरी पतिको दीर्घायुको लागि बस्ने प्रचलन छ । ‘नारी पुरुष एकै हुन्’ भन्ने नारा गुञ्जिने शहरमा पत्नीका लागि साउने व्रत बस्ने प्रचलन भने छैन । आखिर किन पुरुष चैं महिलाका लागि ब्रत बस्दैनन् ? यही प्रश्न नेपाली फिल्म उद्योगका केही पुरुष अभिनेतालाई सोध्दा उनीहरुले महिलाले नै बस्ने कुरा पनि निरर्थक रहेको आशय व्यक्त गरे ।

 

अभिनेत्री मेलिना मानन्धरसँग बिहे गरेका अभिनेता मुकेश ढकाल भन्छन्, ‘सायद चलन नै नभएर होला । चलन आए बसौंला नि के भयो र ?’ विवाह पूर्व हरेक सोमबार व्रत बस्ने मुकेश अहिले व्रत बस्दैनन् । केही वर्ष जापान बसेपछि नेपाल फर्किएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका मुकेशले भने, ‘बाहिर बस्दा व्रत बस्ने वातावरण मिल्दैन्थ्यो । अहिले बस्ने बानी नै हटिसक्यो ।’

 

अर्का विवाहित अभिनेता दिलिप रायमाझीलाई खाली पेट बसेर कसैको भलो हुन्छ भन्ने कुरामा विश्वास नै छैन । दिलिप भन्छन्, ‘मलाई कर्ममा विश्वास लाग्छ । राम्रो कर्म गरेर सबैको सेवा गरे त्यसै राम्रो हुन्छ ।’ यद्यपि दिलिपकी पत्नीले साउनको सोमबारे व्रत लिएकी छिन् । यसबारे दिलिपको तर्क छ, ‘सबैको आफ्नो स्वतन्त्रताको कुरा हो । साउनमा व्रत बस्नु हाम्रो धार्मिक संस्कार पनि हो । त्यसैले मैले पत्नीको व्रत बस्ने बानीलाई हस्तक्षेप गरेको छैन ।’

 

व्रत बस्नु स्वास्थ्याको लागि पनि फाइदाजनक रहेको स्वयम् मेडिकल चिकित्सकले बताउँदै आएका छन् । तर, दिलिप भन्छन्, ‘म मासु खाँदिन त्यसैले मेरो लागि व्रतले केही महत्व राख्दैन ।’