मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा शिव परियार अपमानित !

फिल्मीखबर, दोहा, 2014/07/30
कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा गायक शिव परियारले आफू अपमानित भएको बताएका छन् । शिवले व्यवस्थापनमा चर्को लापरवाही भएको भन्दै कार्यक्रममा आफूले अपमानित महशुश गरेको बताएका हुन् ।
 
 
आफ्नो फेसबुक पेजमा आयोजकको चरम लापरवाहीका कारण स्टेजमा गएर २ लाइन गीत मात्र गाएर फर्कनु परेको भन्दै शिवले आफूबाट धेरै नै आश गरेर आएका दर्शकसँग माफी भने मागेका छन् । उनले आफूलाई मात्र एक्सपोज गर्न चाहने कार्यक्रम संचालक, स्टेडियममा दर्शक टन्न देखेर मख्ख पर्दै व्यवस्थापनमा कमजोरी गर्ने आयोजकसँग फेसबुकमा रिस पोखेका छन् ।  
 
अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा आयोजना भएको उक्त कार्यक्रम हेर्न ७ हजार भन्दा धेरै दर्शक सहभागी थिए । कार्यक्रम ढिलो सुरु हुँदा र स्थानिय कलाकारलाई मात्र बढि समय दिंदा नेपालबाट आएका कलाकारहरू खुशी देखिएनन् । कार्यक्रमका लागि नेपालबाट गायक सुगम पोखरेल, अभिनेत्री निश्मा घिमिरे, गायिका सुनिता दुलाल, लोक गायक पशुपती शर्मा लगायत कतार आएका थिए ।