Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`छोरा` पनि बुसानमा

फिल्मीखबर, काठमाण्डौ, 2014/08/15
फिचर फिल्म 'सुनगाभा' बनाएका निर्देशक सुवर्ण थापा निर्देशित छोटो फिल्म 'छोरा' बुसान इण्टरनेश्नल फिल्म फेस्टिभलमा छनोट भएको छ । वाईड एङ्ग्गल विधामा छनोट भएको यो फिल्मले बाबु छोराको कथालाई देखाएको छ ।
 
हाल 'फन्को' नामक फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त सुवर्णले 'छोरा'मा बिदेशामा जन्मिएको नेपालीको छोराले आफ्नो बाबुसँग गर्ने  साँस्कृतिक अन्तरविरोधको कथालाई देखाउन खोजेको बताए । फिल्ममा बाबुको भूमिकामा निर्देशक थापा नै छन् भने छोराको भूमिकामा उनकै छोरा अनुद्धान थापाले अभिनय गरेका छन् । फिल्मको कथा फ्रान्समा बस्दै आएका यिनै दुई बाबु छोराको वास्तविक जीवनकथामा आधारित रहेको बताईन्छ ।  
 
दक्षिण कोरियाको बुसानमा अक्टुबर २ देखि ११ तारिखसम्म चल्ने यो फेस्टिभलमा नेपाली फिचर फिल्म 'सुन्तली' पनि छनोट भएको छ । प्रियंका कार्की शिर्ष भूमिकामा रहेको यो फिल्मलाई भाष्कर ढुंगानाले निर्देशन गरेका हुन् ।

 

Most Visited News (monthly)