चलचित्र ‘आवेग’को आइटम गीतको छायांकनसगै सुटिङ आरम्भ गरिएको छ । काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा नायिका अर्चना डेलालाले महंगो सेटमा आइटम नृत्य गरिन् । चलचित्रको आइटमसँगै एक्सनको दृश्य पनि सोही सेटमा खिचिनेछ ।
बिहीबार सुरु भएको आइटम गीतको कविराज गहतराजले नृत्य निर्देशनले गरेका हुन् डेलालालाई क्यामरामा कैद गर्ने काम गरिरहेका थिए पुरुषोत्तम प्रधानले ।यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए । ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् ।
गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए ।यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध रहनेछ ।


