केही दिन अघि दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ निर्मित फिल्म ‘कोहिनूर’ अनुमानित दुई करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले राजधानी बाहिर र भित्र गरी पहिलो हप्तामा यत्तिको कमाई गरेको हो ।
रिलिजको पहिलो दिन शुक्रबार औसत कमाई गरेको फिल्मले शनिबार झण्डै हाउसफूलको व्यापार गरेको थियो । तर आइतबार नै श्रीकृष्णको निधनको खबर बाहिरिएपछि फिल्मले त्यसपछिका दिनमा राम्रो पिक अप गरेको थियो । सोमबार राजधानीका सबै हलले हाउसफुल दर्शक पाएका थिए । त्यसयता पनि फिल्मले निरन्तर राम्रो व्यापार गर्दै आएको छ ।
फिल्मको समग्र कलेक्सनमा राजधानी बाहिरबाट १ करोड योगदान रहेको र बाँकीको १ करोड राजधानीका हलबाट प्राप्त भएको स्रोतले बतायो । फिल्मलाई राजधानी र राजधानी बाहिर फरक फरक वितरकले वितरण गरिरहेका छन् । राजधानीमा सुनिल मानन्धरले फिल्मको वितरण गरेका हुन् भने राजधानी बाहिर एफडी कम्पनीले फिल्मको वितरण हेरिरहेको छ ।
लगातारको झरीका कारण बुधबार र बिहिबार राजधानीमा दर्शक संख्यामा कमी आएको भएपनि फिल्मले अरु फिल्मले पाउनेभ न्दा बढी दर्शक पाईरहेको स्रोतले दाबी गर्यो । साउन २३ मा देशभरका ५० भन्दा बढी पर्दामा रिलि भएको फिल्ममा श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य भूमिका रहेको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

