पाठेघरको क्यान्सरलाई जितेर नयाँ जिवन पाएकी अभिनेत्री मनिषा कोईरालाले धर्मपुत्री पाल्ने तयारी गर्दैछिन् । सम्राट दाहालसँगको ब्रेकअप पश्चात एकल जिवन बिताईरहेकी मनिषाले आफ्नो जन्मदिनमा यस्तो रहस्य खोलेकी हुन् ।
'मैले धर्मपुत्री पाल्ने निर्णय गरेकी छु । अब म मेरै तरिकाले पारिवारिक जीवन सुरु गर्दै छु', मनिषाले भनिन् । उनले यसअघि नै धर्मपुत्री राख्ने योजना बनाएको भएपनि तीन बर्षसम्म त्यसो गर्न डाक्टरले प्रतिबन्ध लगाएका कारण सो योजना स्थगित गर्नुपरेको थियो ।
‘अर्को बर्ष क्यान्सर मुक्त भएको ३ बर्ष पुगेपछि म धर्मपुत्री पाल्छु’ मनिषाले भनिन् । उनले पुन: बिबाह गर्ने नगर्ने बारे बोलिनन् । आफू जहिले पनि गलत मानिससँग प्रेममा परेर पीडा पाएको भन्दै अहिले पनि आफू प्रेमको खोजीमा रहेको खुलाईन् । उनले पीडा नदिने प्रेम खोजेको आशय व्यक्त गरिन् ।

