Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सेफ ल्याण्डिङ` निर्मातासँग झरनाको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/08/20
फिल्म 'सेफ ल्याण्डिङ'का सह-निर्माता राहुल अग्रवाल र सोही फिल्मकी अभिनेत्री झरना बज्राचार्यबिच प्रेम मौलाईरहेको छ । सुटिङका बेला नजिकिएका यि दुईको प्रेम अष्ट्रेलियामा भएको फिल्मको प्रिमियरमा भने छरप्रस्ट भयो । 
 
 
पुर्ख्यौली थलो भारत भएपनि मलेसियामा जन्मेर हुर्केका मलेसियन नागरिक राहुलसँगको प्रेममा झरनाले डुबुल्की मारिरहेकी छिन् । गत अगस्ट ९ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न 'सेफ ल्याण्डिङ'को प्रिमियरमा सहभागी हुन उक्त फिल्मका ५० प्रतिशत शेयर होल्डर राहुलको साथमा झरना अष्ट्रेलिया पुगेकी थिईन् । झरना प्रिमियरका लागि नेपालबाट मलेसिया गएर अरबपति व्यापारी राहुलको साथमा अष्ट्रेलिया गएकी हुन् । 
 
अष्ट्रेलियामा झरना र राहुल सँगै बसेको बुझिएको छ । केही दिन अष्ट्रेलिया घुमेर झरना र राहुल मलेसिया फर्केको खबर प्राप्त भएको छ । अष्ट्रेलियामा फिल्मीखबर प्रतिनिधीसँग कुरा गर्ने क्रममा झरनाले आफू राहुलसँगको प्रेममा रहेको रहस्यलाई घुमाउरो पारामा खोलेकी थिईन् । 
 
निर्माता राहुल अग्रवाल (बाँया) र निर्देशक सन्दीप जोसेफको साथमा अभिनेत्री झरना बज्राचार्य
 
एक बिदेशी नागरिकसँग इङ्गेजमेन्ट गरेर ब्रेकअप समेत गरेकी झरना राहुलसँग नै विवाह गर्ने मनस्थितीमा पुगेको बुझिएको छ । राहुल र झरनाको प्रेमको सेफ ल्याण्ड होस्, शुभकामना ! 
Most Visited News (monthly)