Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अस्कर अवार्डका लागि झोला र मोक्ष दर्ता

फिल्मीखबर, काठमाण्डौ, 2014/08/19

८७ औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)मा प्रतिश्पर्धाका लागी नेपालबाट दुई फिल्मको नाम दर्ता भएको छ । 'विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले फिल्म दर्ताको लागी आह्वान गरेपछी 'झोला' र 'मोक्ष' दर्ता भएका हुन् ।

 

दर्ता भएका यि दुई फिल्ममध्येबाट विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले एउटा फिल्मलाई अस्कारका लागी सिफारिस गर्नेछ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेसले नेपालमा गठित ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति'लाई तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन अनुरोध पत्र पठाउने गरेको छ ।

 

अस्कारका लागी नाम दर्ता गरिएका फिल्म मध्ये 'झोला' सतिप्रथामा आधारित छ भने 'मोक्ष' संगीतको पृष्ठभुमिमा बनेको बायोपिक फिल्म हो । यसअघी समलिङ्गी युवतीको प्रेमकथामा आधारित फिल्म 'सुनगाभा' ओस्कारमा पुगेर बाहिरिएको थियो ।