Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि हेटौंडामा कार्यशाला

फिल्मीखबर, काठमाडौं, 2014/08/18

चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले चलचित्र पत्रकार संघले कार्यशालाको आयोजना गर्ने भएको छ । संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कायाशाल गर्ने सम्बन्धमा जानकारी गराएका हो । संघ महासचिव सन्दिप सापकोटा हस्ताक्षरित विज्ञप्तीका अनुसार संघले आगामी यही महिनाको भदौ २६ देखि २९ सम्म हेटौंडामा कार्यशालाको आयोजना गर्नेछ ।  उक्त कार्यशाला चलचित्र पत्रकार संघ मकवानपुर शाखाले व्यवस्थापन गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 



कार्यशालामा कलाकार र पत्रकार बीचको सम्बन्ध, पछिल्लो समयमा आएका विवाद तथा सम्बन्ध सुदृढीकरणका सन्दर्भमा छलफल गर्ने महासचिव सन्दिप सापकोटाले जानकारी गराएका छन् ।

 


त्यसैगरी संघले गतहप्ता दिवंगत भएका श्रीकृष्ण श्रेष्ठमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न बैठकले श्रेष्ठकी श्रीमति अभिनेत्री स्वेता खड्कासहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै श्री पशुपतिनाथले परिवारजनमा  धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गरेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

Most Visited News (monthly)